Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ क्षेत्रमा समस्या छैन, अझ व्यवस्थित गर्न सकिन्छः गभर्नर

२०८० मंसिर १५ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकिङ क्षेत्रमा समस्या नभएको बताएका छन्। यो क्षेत्रलाई अझ व्यवस्थित गरेर लैजान सकिने पनि उनले बताए। नेपाल आर्थिक काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बैंकिङ क्षेत्रमा समस्या नभएको भन्दै एक अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति रोक्नुपर्ने बताए।

‘मार्केटले पैसा नचलाएको कारणले हामीले एक प्रतिशतमा बैंकबाट डिपोजिट अक्सन गरेर लिनुपर्यो। ब्याजदर महंगो भयो अनि नचलाएको भन्न त पाइएन नि,’ उनले भने, ‘बजारमा अर्थको क्रियाकलाप त बढ्नपर्यो, काम गर्न सक्नुपर्यो नि। ब्याजदर त धेरै तल आइसकेको छ । एक आपसमा जुन खालको दोषारोपण गरेर पन्छने चलन छ यसबाट हामी बाहिर आउनुपर्यो ।’

उनले बैंकिङ क्षेत्रलाई अझ व्यवस्थित गर्न सकिने बताए। आर्थिक क्षेत्रमध्ये फिस्कल पोलिसीमा समस्या भएपनि अन्य क्षेत्रमा समस्या नभएको उनले बताए। आन्तरिक उत्पादन वृद्धि नुहँदा अर्थतन्त्र आयातमा निर्भर हुनुपरेको उनको भनाई छ ।

उनले मैद्रिक नीतिको पहिलो समीक्षा गर्न लागेको उल्लेख गर्दै त्यसका लागि ढिला नभएको पनि उल्लेख गरे। ‘हामी प्रोभिजनल डेटाले थप सपोर्ट गर्छ कि भनेर पखिरहेका छौं। कयौं साथीहरुले नीतिको समीक्षा गर्न ढिला भइसक्यो, समीक्षा नगरे आकासै खस्नेहो कि भनेर लेख्न थालिसक्नुभयो,’ उनले भने, ‘समीक्षा नगरे पनि फरक पर्ने विषय होइन केही ढिलो गर्दा आकाश खस्दैन तर हामी समीक्षा गर्छौ।’