Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

हायर पर्चेज कर्जा लिने कम्पनीबाट ब्याजबाहेक अन्य शूल्क लिन नपाइने

२०८० मंसिर १२ गते

बैंकिङ खबर/ हायर पर्चेज कर्जा दिने कम्पनीले कुनै पनि ग्राहकलाई कर्जा दिँदा ब्याजबाहेक अन्य शुल्क तथा दस्तुर लिन नपाउने व्यवस्था गरिएको छ ।

कर्जा प्रवाह गर्दा ऋणीसँग गरिने सम्झौतामा वार्षिक पेनाल ब्याजदर दुई प्रतिशत विन्दुभन्दा बढी नहुने गरी उल्लेख गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७०’ को चौथो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

पेनाल ब्याज गणना गर्दा म्याद नाघेको किस्ताको साँवा रकममा वार्षिक पेनाल ब्याजदरले विलम्ब भएको समयावधिका लागि कायम हुन आउने रकमभन्दा बढी लिन र पेनाल ब्याजमा ब्याज लाग्ने गरी रकम असुल उपर गर्न नपाइने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले कम्पनीको ब्याजदर निर्धारण सम्बन्धमा आवश्यक देखिएमा समय समयमा त्यस्तो ब्याजदरसम्बन्धी नीतिगत व्यवस्था गर्न सक्ने पनि उल्लेख छ ।