Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

क्यूआरबाट एकै महिनामा १ करोड १८ लाख पटक कारोबार

२०८० मंसिर १० गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका अनुसार एकै महिनामा क्यूआर कोडबाट १ करोड १८ लाख पटक कारोबार भएको छ । गएको असोजमा १ करोड १८ लाख ८३ हजार १ सयपटक कारोबार भएको हो ।

गत वर्षको असोजको तुलनामा यो वर्षको असोज महिनामा क्यूआर कोडबाट हुने कारोाबर तीन गुणाभन्दा धेरैले बढेको हो । गत वर्षको असोजमा ३५ लाख ६५ हजार ४५५ पटक कारोबार भएको थियो ।

क्यूआरबाट हुने भुक्तानी रकम पनि बढ्दो छ । गत वर्षको असाजेमा क्यूआर कोडबाट १५ अर्ब ७८ करोड २० लाख रुपैयाँ भुक्तानी भएको थियो । चालु आ.व को असोजमा दोब्बरभन्दा धेरैले बढेर ३६ अर्ब २१ करोड ५० लाख रुपैयाँको भुक्तानी भएको छ ।

राष्ट्र बैंकका अनुसार भदौमा १ करोड १७ लाख ९९ हजार १७५ पटक कारोबार हुँदा ३० अर्ब ५६ करोड ४० लाख रुपैयाँ क्यूआर कोडबाट भुक्तानी भएको छ । भदौको तुलनामा असोजमा क्यूआर कोडबाट हुने भुक्तानी १८.४८ प्रतिशतले बढेको छ ।