Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

शोधनान्तर स्थिति झण्डै खर्ब रुपैयाँले बचत हुँदा चालु खातामा ५९ अर्ब बचत(पूर्णपाठ)

२०८० कार्तिक २४ गते

बैंकिङ खबर/चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुलुकको बाह्य अर्थतन्त्र निकै सकारात्मक रहेको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्षको असार मसान्तसम्ममा शोधनान्तर स्थिति (बीओपी) ९९ अर्ब ७ करोड रुपैयाँले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको हो ।

यस्तै समीक्षा अवधिमा यता मुलुकको चालु खाता समेत ५९ अर्ब ९ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । जबकि अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति जम्मा १२ अर्ब ४३ करोडले बचतमा रहँदा उता चालु खाता ३५ अर्ब २४ करोड रुपैयाँले घाटामा रहेको थियो ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ५५.६ प्रतिशतले कमी आई रु.१ अर्ब १५ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ३७ करोड रुपैयाँले धनात्मक रहेको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.२अर्ब ५९ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७ करोड ९६ लाखले धनात्मक रहेको थियो ।