Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

१७ अर्ब ८५ करोडको ट्रेजरी जारी गर्दै राष्ट्र बैंक

२०८० कार्तिक २३ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले यो शुक्रबार १७ अर्ब ८५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले कात्तिक २४ गते जारी गर्नेगरी ९१ दिने र १८२ दिने गरी दुई किसिममा कूल १७ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।

तथापि, उक्त ट्रेजरी नयाँ नभएर पुरानैनवीकरण गरिने राष्ट्र बैंकले जनाएको छ । बैंकको सूचना अनुसार ९१ दिनका लागि १२ अर्ब १० करोड रुपैयाँ छुट्याएको छ भने १८२ दिनेका लागि राष्ट्र बैंकले ९ अर्ब रुपैयाँ नवीकरण गरिने जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि शुक्रबार अर्थात् कात्तिक २४ गते मध्यान्न १२ः ३० बजेसम्म आवेदन दिन सक्नेछन् । ट्रेजरीको नवीकरण भने आगामी मंसिर १ गते हुनेछ । यसअघि केन्द्रीय बैंकले कात्तिक२० गते १९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गरेको थियो ।