
बैंकिङ खबर/ काठमाडौं कमलपोखरी नजिँकै बस्दै आएकी सायरा बानुका दम्पत्ती घर बनाउन कर्जा नपाएर हैरान थिए । घर कसरी बनाउने होला ? भन्ने चिन्तामा रहेका सायराका श्रीमान र उनी होम लोनकै लागि धेरै बैंकहरुमा भौँतारिए, तर उनीहरुले भनेजस्तो कर्जा कहि पाउन सकेनन् । त्यसपछि सायराले इन्टरनेटको माध्यमबाट हरेक बैंकहरुको वेभसाइटमा सर्च गर्न थालिन् । होम लोन खोज्दै जाँदा उनी नबिल बैंकको वेभसाइटमा टक्क अडिइन् । उनीहरुले खोजेको जस्तै नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा’ योजना ल्याएको देखिन् ।
त्यसपछि उनीहरु नबिल बैंकमा उक्त योजनाका बारेमा बुझ्न पुगे । सायरा भन्छिन्, ‘हामीले लोन नै लिएर घर बनाउने पहिलेदेखि नै सोच बनाएका थियौं । मलाई ‘लो ब्याज’ मा होम लोन चाहिरहेको थियो । अन्य बैंकहरुमा पनि बुझे, तर पाइन । सबै बैंकहरुको लोनका बारेमा नेटमा आफैं सर्च गरे । नबिल बैंकको लोन प्रतिशत राम्रो लाग्यो । अरु बैंकको लोनभन्दा लिन सहज । हामीले यहिबाट कर्जा लिने निर्णय गर्यौं ।’
त्यसपछि उनीहरुले सहज रुपमै ‘ढुक्क घर कर्जा’ योजना अन्तर्गत २ करोड रुपैयाँ लोन लिए । अहिले उनीहरुको घरको काम धमाधम भइ रहेको छ । सायरा भन्छिन्, ‘मलाई चाहिएको जस्तै लोन नबिल बैंकले ल्याएको रहेछ । मैले खोजेको कर्जा पाँए । यसका लागि नबिल बैंकलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु । अहिले ढुक्क छु । मासिक रुपमा तिर्नुपर्ने साँवा र ब्याज नियमित रुपमा तिर्दै आएको छु ।’
सायराका दम्पत्ती जस्तै काठमाडौं बुढानिलकण्ठ ८ बस्दै आएका स्वैच्छिक कार्कीलाई पनि जग्गा किन्न केहि लोन चाहिएको थियो । उनी काठमाडौं उपत्यकामै घडेरी लिन चाहन्थे, तर उनीसँग प्रयाप्त रकम थिएन । लोन लिनकै लागि उनी धेरै बैंकमा चाहरे, तर अहिले कर्जा लिन अलि टाइट छ भन्दै फर्काउन थाले । धेरैले कर्जा दिन नसक्ने कुरा गरे । त्यसपछि उनी कर्जाको लागि भौतारिँदै नबिल बैंकमा पुगे । उनका सबै डकुमेन्टहरु तयारी नै थिए । त्यसपछि नबिलको ‘ढुक्क घर कर्जा’का बारेमा राम्रोसँग बुझे । उनको पाँच, सात दिनमै लोन एप्रुभ भयो र सजिलैसँग कर्जा पाएँ ।
कार्की भन्छन्, ‘बाहिर हल्ला त सुनिन्छ, बैंकबाट कर्जा लिन झन्झट हुन्छ, झुलाउँछ भनेर । बैंकहरुमा पुग्दा मैले पनि त्यहि अनुभव गरे । नबिल बैंकबाट भने अहिलेसम्मकै सजिलो गरी कर्जा पाएँ । नबिल बैंकको यो योजनाबाट खुसी र ढुक्क छु । त्यसका लागि धन्यवाद नबिल बैंक ।’
कार्कीले आफुले मात्र यो कर्जा लिएका छैनन् । उनले साथीहरुलाई पनि यहि कर्जा लिन आग्रह गर्दै आएका छन् । उनी भन्छन्, ‘मैले मेरा साथीलाई पनि यहि लोन लिन रिकमेन्ड गरे । उहाँले घर बनाइ राख्नुभएको थियो । कर्जा खोजी रहनुभएको थियो । पछि उहाँले पनि सजिलै कर्जा पाँए भन्नुभयो । सबै डकुमेन्टहरु छ भने नबिल बैंकको ढुक्क घरकर्जा लिन सजिलो हुँदो रहेछ ।’
झापा बिर्तामोडका डा. हरेराम कुमार पनि नबिल बैंकको ‘ढुक्क घर कर्जा’ लिँदा आफुलाई ढुक्कको महसुस भएको बताउँछन् । उनी भन्छन्, ‘नबिल बैंकको यो योजना राम्रो लाग्यो । अरु बैंकको भन्दा नबिल बैंकको यो योजना सबै हिसाबले ठिक छ । धेरै बैंकहरुमा पनि धाए, तर नबिलको यस योजना राम्रो लाग्यो । ब्याजदर पनि ठिकै लाग्यो ।’
काठमाडौं धुमबाराहीका राजन राईलाई घर बनाउन ठूलो रकम चाहिएको थियो । तर उनी कर्जाको खोजीमा थिए । अन्ततः उनले नबिल बैंकको ‘ढुक्क घर कर्जा’ का बारेमा थाहा पाए । उनी भन्छन्, ‘मार्केटमा ब्याजदर चर्को भएको अवस्थामा यस योजनाको स्थिर ब्याजदर दिँदा हामीलाई सहज भएको छ । म नबिल बैंकप्रति आभारी छु ।’
बैंकहरुले ब्याजदर घटाउने र बढाउने गरेको अवस्थामा ‘ढुक्क घर कर्जा’ले स्थिर ब्याजदर दिँदा सहज बनाएको उनी बताउँछन् । उनी भन्छन्, ‘क्राइसिसको बेलामा बैंकहरुले ब्याजदर उतार चढाव गर्दा हामीलाई ऋण तिर्न अप्ठ्यारो हुन्थ्यो तर यस योजनाले बिना ब्याजदरको उतारचढाव एउटै ब्याजदर तिर्न सहज भएको छ । यसैले हामी ढुक्क भएका छौं ।’
बानु, स्वैच्छिक, डा.हरिराम र राजन जस्तै नबिल बैंकको ‘ढुक्क घर कर्जा’मा ग्राहकहरुको आकर्षण स्थिर ब्याजदरकै कारण बढेको छ । यस योजनाअन्तर्गत बैंकले २० वर्षसम्मका लागि स्थिर ब्याजदरमा सुलभ आवास कर्जा उपलब्ध गराउँदै आएको छ । बैंकले कर्जाको ब्याजदर ७ वर्षका लागि प्रतिवर्ष १०.९९ प्रतिशत र १० वर्षको लागि प्रतिवर्ष ११.९९ प्रतिशत स्थिर ब्याजदर तोकेको छ ।
नबिलको यो योजनाले धेरै ग्राहकको घर बनाउने सपना पूरा भएको छ । बैंकका अनुसार नबिल ढुक्क घर कर्जाले पहिलो पटक घर खरिद गर्नेलाई ७० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउनेछ भने अन्यले झन्झटरहित कर्जा प्रक्रियामा ६० प्रतिशतसम्म वित्तीय सुविधाको फाइदा लिन सक्नेछन् । यस योजनाअन्तर्गत बैंकले दुई लाखसम्मको क्रेडिट कार्ड सेवा निःशुल्क जारी गर्नेछ ।
अब ब्याज घटबढ हुँदा आत्तिनु पर्दैनः चाँदनी श्रेष्ठ
नबिल बैंकको ‘ढुक्क घर कर्जा’ अन्तर्गतका रिटेल लेन्डिङ युनिटका प्रमुख चाँदनी श्रेष्ठले बैंैकहरुको ब्याजदर बढी रहेको अवस्थामा यस योजना ल्याइएको बताउँछिन् ।
‘घरकर्जा लिँदा ग्राहकले आफ्नो आम्दानी र तिर्न सक्ने ब्याजदरको हिसाबले लिने गर्दछन् । तर बैंकहरुको आधारदर ‘बेसरेट’ घटबढ हुँदा ग्राहकको ब्याजदरको किस्ता पनि बढ्ने हुन्छ । जसले तनाब उत्पन्न गथ्र्यो, ब्याजदर तिर्ने क्षमता नहुँदा लोन डिफल्ट हुने जोखिम बढ्थ्यो । यसैलाई मध्येनजर गर्दै हामीले नबिल ढुक्क घर कर्जा ल्याएका हौं,’ श्रेष्ठले जानकारी दिइन् ।
‘यसैलाई मध्येनजर गर्दै हामीले नबिल ढुक्क घर कर्जा ल्याएका हौं । यो फिक्स रेटमा छ । आधार दर बढेपनि घटेपनि तिर्नुपर्ने किस्तासँग केहि फरक पर्दैन । २० हजार तिर्नेले २० हजार नै तिर्छन्,’ उनले भनिन् ।
बैंकको ब्याजदर घटबढले ग्राहकहरुमा निरासा छाइरहेको बेला नबिल बैंकको यस योजनाले ग्राहकहरुलाई धेरै नै सहजता बनाएको छ ।




