
बैंकिङ खबर/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले छिट्टै बैंक ब्याजदर १० प्रतिशत भन्दा माथि नहुने घोषणा गर्ने बताएका छन् । बुटवलको आम्दा अस्पतालको २५ औं वार्षिकोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले उद्योगी– व्यवसायीको माग अनुसार बैंक ब्याजदर घटाउन लागेको बताए ।
‘बैंकको ब्याज दर सकभर एक अंकमा झार्ने सरकारको तयारी छ, नसके १० प्रतिशत भन्दा माथि जान्न दिन्नौं’, प्रधानमन्त्री प्रचण्डले भने, ‘उद्योग व्यवसाय क्षेत्र चलायमान बनाउने विषय सरकारको प्राथमिकतामा रहेको छ, तिहारपछि विद्युत व्यापारमा पनि ठूलो घोषणा गर्दैछौं त्यसैले निराश नहुन म सबैमा अपील गर्छु ।’
जग्गा कित्ताकाट फुकुवाले घर जग्गा कारोबार बढ्न थालेको, पर्यटक आगमन पनि बढेकाले अर्थतन्त्र चलायमान हुने क्रममा रहेको प्रधानमन्त्रीको भनाइ छ । आफ्नो भारत र चीन भ्रमणका प्रतिफल छिट्टै देखिने पनि उनले उल्लेख गरे ।


