Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कसमस र वेस्टर्न डेभलपमेन्ट बैंकको नाफामा उल्लेख्य प्रगति

२०७३ कार्तिक २५ गते

cosmosकसमस डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोह अवधिको तुलनामा ९२ दशमलव ७२ प्रतिशतले बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा कसमसले २५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यो अवधिमा बैंकले निक्षेपमा ६१ दशमलव ७१ प्रतिशतले वृद्धि गरी ७३ करोड १६ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा ५१ करोड ६० लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ७६ दशमलव ७७ प्रतिशतले बढेर १ करोड २३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १ सय ५ प्रतिशतले बढेर ७८ लाख रुपैयाँ पुगेको छ । 

बैंकले प्रोभिजनमा १० लाख रुपैयाँ राखेको छ । असोज मसान्तसम्ममा बैंकको जोखिमयुक्त सम्पत्ति १८ दशमलव ८३ प्रतिशत र निष्कृय कर्जा शुन्य दशमलव ३२ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी वार्षिक २० दशमलव २६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २३ दशमलव ६० गुणा, प्रतिशेयर नेटवर्थ १ सय २३ दशमलव २१ रुपैयाँ र तरलता अनुपात ४८ दशमलव ९६ प्रतिशत रहेको छ ।

westernयता, वेस्टर्न डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ गुणा बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ७ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो । 

गत आर्थिक वर्षको असोज मसान्तको तुलनामा बैंकले निक्षेपमा २८ दशमलव २७ प्रतिशतले वृद्धि गरी २ अर्ब १९ करोड ६३ लाख रुपैयाँ संकलन गरेको छ भने  कर्जामा १ अर्ब ६३ करोड १२ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी साढे २ गुणाले बढेर १ करोड ३५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै गरी सञ्चालन मुनाफामा ४ गुणाले बढेर ४६ लाख रुपैयाँ पुगेको छ । 

बैंकले प्रोभिजनमा ७० लाख रुपैयाँ राखेको छ । असोज मसान्तसम्ममा बैंकको निष्कृय कर्जा शुन्य दशमलव ३० प्रतिशत र जोखिमयुक्त सम्पत्ति १२ दशमलव ७० प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १ दशमलव ८९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३ सय २८ दशलमव ९५ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ४४ दशमलव ९९ रुपैयाँ र तरलता अनुपात २६ दशमलव ४९ प्रतिशत रहेको छ ।