
बैंकिङ खबर/देशभर ६१.८९ परिवारका सदस्यको मात्रै बैंक खाता रहेको छ। कुल ६६ लाख ६० हजार परिवार मध्ये ४१ लाख २२ हजार परिवारका कम्तीमा एक सदस्यको बैंक खाता रहेको राष्ट्रिय जनगणनाले देखाएको हो।
राष्ट्रिय तथ्यांक कार्यालयले थप तथ्यांक सार्वजनिक गर्दै कूल २ करोड ९१ लाख जनसंख्या मध्ये २५.५६ प्रतिशत व्यक्तिको बैंक तथा वित्तीय संस्थामा कम्तीमा एउटा खाता रहेको छ। कुल परिवार मध्ये २५.५९ प्रतिशत परिवारले कुनै बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थाबाट ऋण लिएका छन्। प्रदेश अनुसार वर्गीकरण गर्दा ऋण लिने परिवार सबैभन्दा बढी मधेश प्रदेशमा २८.८८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २१.९६ प्रतिशत रहेको छ।


