Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकले बैंकहरुमा १७ करोड लगानी गर्दै, ब्याजदर प्रस्ताव पेस गर्न आह्वान

२०८० कार्तिक १३ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा १७ करोड ६७ लाख रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकको विभिन्न कोषमा रहेको उक्त रकम बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो।

केन्द्रीय बैंकले उक्त रकममध्ये १४ करोड १४ लाख रुपैयाँ वाणिज्य बैंकमा, २ करोड ६५ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंक र ८८ लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा मुद्दति निक्षेपमा लगानी गर्नेछ।

उक्त रकम आउँदो मंसिर ४ गतेदेखि २०८१ मंसिर ३ गतेसम्म ३६५ दिनका लागि मुद्दति निक्षेपमा लगानी गरिने राष्ट्र बैंकले जनाएको छ। इच्छुक बैंकले कात्तिक १४ गते बेलुका ७ बजेसम्म ब्याजदर प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ ।