
बैंकिङ खबर/संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा “बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८०“ पेस गरिने भएको छ ।
संघीय संसद नयाँबानेश्वरमा बैठक दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले दुई वटा संशोधन विधेयक पेस गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। अर्थमन्त्री महतले “भन्सार विधेयक, २०८०“ लाई पनि पेस गर्नेछन्।


