Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकको कारबाहीमा आधा दर्जन वाणिज्य बैंक

२०८० कार्तिक ३ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले आधा दर्जन वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा राष्ट्र बैंक सुपरिवेक्षण विभागको निर्देशन उल्लंघन गर्ने ६ वाणिज्य बैंक कारबाहीमा परेका हुन्। राष्ट्र बैंकले हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबी बैंक, नबिल बैंक, एनआइसी एशिया र सिटिजन बैंकलाई फरक शिर्षक उल्लंघन गरेको जनाएको छ।

राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकलाई सम्पत्ति शुद्धीकरण ऐन उल्लंघन गर्दा ७० लाख जरिवाना गरेको छ। त्यसैगरी हिमालय बैंकलाई कर्जा परिचालन कायम नगरेकोमा १ करोड ६७ लाख ७१ हजार जरिवाना गरेको छ। एनआइसी एशिया, एनएमबी बैंक, नबिल र सिटिजन बैंकले राष्ट्र बैंकको निर्देशन उल्लंघन गर्दा बैकहरूका संचालक समितिलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ। नबिल बैंकले राष्ट्र बैंकको निर्देशन बिपरित ब्याजदर बढाएको, एनएमबी बैंकले सहुलियतपूर्ण कर्जा बदमाशी गरेको, सिटिजन बैंकले कर्जा नोक्सानी ब्यवस्था नगरेको पाइएको छ।