Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अब बैंकहरुले यस्ता कम्पनीको सेयर धितो राखेर कर्जा प्रवाह गर्न नपाउने

२०८० कार्तिक १ गते

बैंकिङ खबर/ पछिल्लो २ वर्ष लगातार नोक्सानीमा रहेका संस्था(कम्पनी)हरुको सेयर धितो राखेर बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्न नपाउने व्यवस्था गरिएको छ। नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी एकीकृत निर्देशन, २०७९ मा यस्तो व्यवस्था गरेको हो। एकीकृत निर्देशनमा पछिल्लो २ वर्ष लगातार नोक्सानीमा रहेका संस्थाहरुको सेयर धितो राखेर बैंक तथा वित्तीय संस्था कर्जा प्रवाह गर्न नपाउने स्पष्ट व्यवस्था गरेको छ।
यसैगरी विगत ३ वर्षदेखि साधारणसभा नगरेका संस्थाहरुको सेयर पनि धितोमा राखेर बैंक तथा वित्तीय संस्था कर्जा प्रवाह गर्न नपाउने व्यवस्था एकीकृत निर्देशनमा गरिएको छ।

यी अवस्थामा रहेका संस्थाहरुको सेयरको धितोमा कर्जा प्रदान गर्न नपाइने

  • राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा भएका वा निर्देशनबमोजिम पुँजी कोष अनुपात कायम नगरेका बैंक तथा वित्तीय संस्थाहरु नेटवर्थ ऋणात्मक भएका संस्थाहरु
  • नेपाल स्टक एक्सचेन्ज लिमिटेडले सूचीकरणबाट हटाइएका संस्थाहरु
  • आर्थिक वर्ष समाप्त भएको १ वर्ष अवधि पूरा हुँदासमेत अन्तिम लेखा परीक्षण नगर्ने संस्थाहरु,
  • पछिल्लो ३ वर्ष लगातार नोक्सानीमा रहेका संस्थाहरु,
  • व्यावसायिक रुपमा सञ्चालनमा आएको १ वर्ष व्यतित नभएका संस्थाहरु,
  • विगत ३ वर्षदेखि साधारणसभा नगरेका संस्थाहरु,
  • कम्तीमा २५० दिनको कारोबार मूल्य नभएका संस्थाहरु