Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरूलाई थप सहुलियत, त्रैमासिक विवरण सार्वजनिक गर्ने समय थपियो

२०८० आश्विन २९ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले बैंकहरूलाई त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समय थप गरेको छ। चाडपर्व नजिकिएसँगै बैंकहरूलाई त्रैमासिक रिपोट सार्वजनिक गर्ने समय थप गरेको हो।

त्रैमास समाप्त भएको एक साताभित्र वित्तीय विवरण सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था रहेकोमा अब केही समय थप गरिएको राष्ट्र बैंकले जनाएको छ ।  

अब कात्तिक १७ गतेभित्र पहिलो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्न सक्नेछन्। चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समयमा दसैँ बिदा परेकाले समय थप गरिएको उनीहरूको भनाई छ। यो सुविधा चालू आवको पहिलो त्रैमासको लागि मात्रै थपि भएको बुझिएको छ।