Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

‘कर्जाको ब्याजदर १०/११ प्रतिशतसम्म ल्याउने प्रयास भइरहेको छ’

२०८० आश्विन २५ गते
फाइल फोटो

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका कायममूकायम(कामू) गभर्नर बमबहादूर मिश्रले कर्जाको ब्याजदर १०– ११ प्रतिशतसम्म ल्याउने प्रयास भइरहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको अवस्थामा मुद्रास्फिती नियन्त्रण गर्न हामीलाई हम्मेहम्मे परिरहेको बताए । तर पनि हामी ब्याजदर घटोस् भन्ने चाहेको उनले बताए ।

उनले त्यहि बाटोमा नेपाल राष्ट्र बैंक अग्रसर रहको संकेत पनि गरे । डेपुटी गभर्नरसमेत रहेका मिश्रले वित्तीय स्थिरता, मुद्रा स्फिती नियन्त्रण र बाह्यि क्षेत्रको सन्तुलनका लागि राष्ट्र बैंकले काम गरिरहेको उल्लेख गरे ।

उनले आफूहरु निजीक्षेत्रसँग जस्तोसुकै सहकार्य गर्न पनि तयार रहेको बताए । मिश्रले अर्थतन्त्रमा केहि समस्याहरु देखिएको उल्लेख गर्दै सवैजना मिलेर अगाडि बढेमा मात्र समाधान निस्कने पनि बताए ।