
बैंकिङ खबर/अनुमति नलिई घरजग्गाको कारोबार गर्नेहरुलाई २५ लाख जरिवाना हुने भएको छ । केही नेपाल ऐन संशोधन विधेयकलाई संसदको कानून, न्याय तथा मानव अधिकार समितिले परिमार्जनसहित पारित गर्दै यस्तो सजायको व्यवस्था गरेको हो । जसमा अनुमति नलिई घरजग्गा कारोबार गर्नेलाई ६ महिना, २५ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।
यसअघि त्यस्तो काममा संलग्नलाई १० लाखसम्म जरिवानाको प्रस्ताव मात्रै थियो । यस्तो मुद्दा सरकारवादी हुने भनी यसअघिकै विधेयकमा परिकल्पना छ । घरजग्गा कारोबारमा अनुमतिपत्र लिने व्यवस्था सरकारले तोकेको ठाँउमा मात्रै लागू हुनेछ । त्यहाँ पनि तोकेको सीमाभन्दा बढी कारोबार गर्नेहरुलाई मात्रै अनुमतिपत्र लिनुपर्ने व्यवस्था गर्न खोजिएको हो । घरजग्गा कारोबारीले दिएको निवेदनका आधारमा पाउने अनुमतिपत्र ५ वर्षका लागि हुनेछ ।


