Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकले प्रचलनमा ल्यायो बीस रुपैयाँको नयाँ नोट

२०८० आश्विन १९ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बीस रुपैयाँको नयाँ नोट प्रचलन ल्याएको छ । एक सूचना जारी गर्दै बैंकले असोज १९ गते शुक्रबार अर्थात् आजबाट बीस रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याएको हो ।

बैंकले साबिककै आकार तथा रङ्गमा सङ्केत नम्बर (८ठ७०००००१देखि १त८९९९९९९)सम्म नयाँ नोट प्रचलनमा ल्याएको हो । जसमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ २० रुपैयाँ बीस तुरुन्त पाइनेछ ।’ भन्ने प्रतिज्ञामूलक वाक्यांश लेखिएको छ ।

बैंकका अनुसार नोटको अग्रणी भागमा

– नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको ।
– नोटको दायाँतर्फ लालिगुरासको पानी छाप रहेको ।
– नोटको गभर्नरको दरखास्त रहने स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दरखास्त रहेको ।
–नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा ‘वि।सं।२०७९’ लेखिएको ।

नोटको पृष्ठ भागमा

–नोटको मध्य भागको माथिल्लो खण्डमा अङ्ग्रेजीमा ‘नेपाल राष्ट्र बैंक’ लेखिएको ।
– नोटको मध्य भागमा दुई वटा बाह्रसिंहको चित्र रहेको ।
– नोटको तल्लो भागमा अङ्ग्रेजीमा ‘रुपिज २०’ लेखिएको ।
– नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर अङ्ग्रेजीमा ‘ट्वन्टी, ट्वन्टी–थ्री’ लेखिएको हुने राष्ट्र बैंकले जनाएको छ ।