Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकले घटायो असल कर्जाको प्रोभिजनिङ, कर्जाको ब्याजदर निर्धारणमा कडाई

२०८० आश्विन १९ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले असल कर्जाको प्रोभिजनिङ घटाएको छ। यसअघि केन्द्रिय बैंकले असल कर्जामा समेत १.३ प्रतिशत प्रोभिजनिङ गर्नुपर्ने व्यवस्था गरेकोमा त्यसलाई संशोधन गर्दै १.२५ प्रतिशत प्रोभिजनिक गरे पुग्ने व्यवस्था गरेको छ।

यस्तै राष्ट्र बैंकले एकै प्रकृतिका कर्जामा ब्याजदर धेरै फरक भएपछि कर्जाकाे ब्याजदरमा केहि कडाइ गरेको छ। केन्द्रय बैंकले एकै प्रकृतिको कर्जामा २ प्रतिशतभन्दा धेरै ब्याजदर फरक पार्न नपाइने व्यवस्था गरेका छ। “कर्जा तथा सापटको ब्याजदर निर्धारण गर्दा एउटै प्रकृतिका कर्जा तथा सापटको ब्याजदर अन्तर २ प्रतिशत बिन्दुभन्दा बढीले फरक पार्न पाईने छैन” राष्ट्र बैंकले बिहीबार जारी गरेको परिपत्रमा भनिएको छ।