
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले ५० लाखभन्दा बढी निक्षेपका लागि मुद्दती खाता खोल्दा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो।
“इजाजतपत्रप्राप्त संस्थाले कुनै प्राकृतिक व्यक्तिको ५० लाख भन्दा बढीको मुद्दती निक्षेप स्वीकार गर्दा निक्षेपकर्ताको स्थायी लेखा नम्बर अनिवार्य रुपमा लिनुपर्ने छ” राष्ट्र बैंकल जारी गरेको परिपत्रमा भनिएको छ।


