Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सजग भइ डिजिटल वित्तीय सेवा प्रयोग गरौँः राष्ट्र बैंक

२०८० आश्विन १६ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले सजगभ इ डिजिटल वित्तीय सेवा प्रयोग गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै भनेको छ, ‘मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेट जस्ता डिजिटल वित्तीय सेवा प्रयोग गर्द नोटको आवश्यकता नहुने, आफैँ उपस्थित भइ लाइन बस्ने झन्झट नहुने र खातामा सिधैँ भुक्तानी हुने हुँदा कारोबार पारदर्शी र विश्वासिलो हुनुका सार्थ समयको बचत समेत हुने गर्दछ ।’

राष्ट्र बैंकले डिजिटल वित्तीय सेवाको प्रयोग गर्दा के प्रयोजनको लागि कसलाई भुक्तानी गरेको हो सोमा सावधानी पुर्याउनुपर्ने दायित्व सम्बन्धित व्यक्तिको नै हुने भएकोले बैंकको नाम, खाताको नाम, खाता नम्बर, मोबाइल नम्बर, भुक्तानीको प्रयोजन लगायतका विवरण एकिन गरेर मात्र कारोबार गनुपर्ने जनाएको छ ।