Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकले बढायो सुन आयातको कोटा(पूर्णपाठसहित)

२०८० आश्विन १० गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा बढाएर प्रतिदिन २० किलो पुर्‍याएको छ । यसअघि प्रतिदिन १० किलो मात्रै सुन आयात गर्ने अनुमति रहेकोमा नेपाल राष्ट्र बैंकले बैंकहरूलाई परिपत्र गरेर प्रतिदिन २० किलो सुन ल्याउन अनुमति दिएको हो ।

नयाँ व्यवस्थाअनुसार कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिनामा आयात गर्न पाइने छैन । बैंकबाट सुन खरिद गर्ने व्यवसायीले आफूले बिक्री तथा उपयोग गरेको सुनको विवरण प्रत्येक महिना सकिएको सात दिनभित्र सम्बन्धित बैंकमा बुझाउनु पर्नेछ । व्यवसायीहरूले देशमा मागको तुलनामा आयात अनुमति कम भएको भन्दै कोटा बढाउन माग गर्दै आएका थिए । आयात कोटा कम भएका कारण पनि सुनको तस्करी बढेको व्यवसायीहरूको भनाइ छ ।