Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकले दोस्रो त्रैमाससम्म रु.१.१० खर्ब आन्तरिक ऋण उठाउने

२०८० आश्विन १० गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०–८१को संशोधित वार्षिक आन्तरिक ऋण निष्कासन तालिका सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले एक सूचना जारी गर्दै चालु आर्थिक वर्षको संशोधित वार्षिक आन्तरिक ऋण निष्कासन तालिका र प्रथम ६ महिनाको बोलकबोल तालिका सार्वजनिक गरेको छ।

राष्ट्र बैंकले प्रथम र दोस्रो त्रैमासमा कुल १ खर्ब १० अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ। जसअन्तर्गत केन्द्रीय बैंकले ट्रेजरी बिल र विकास ऋणपत्रमार्फत उक्त आन्तरिक ऋण उठाउनेछ। बैंकले यो दुई त्रैमासमा १५ अर्ब रुपैयाँको ट्रेजरी बिल र ९५ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र जारी गर्नेछ।