Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकद्वारा मोहर डिजिटल प्रालिको अनुमतिपत्र खारेज

२०८० आश्विन ८ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले मोहर डिजिटल प्रा.लिको अनुमतिपत्र खारेज गरेको छ । सोमबार नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले २०७६ मा अनुमतिपत्रप्राप्त मोहर डिजिटल प्रा.लिलाई भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ को दफा ३६ को खण्ड (छ) र (ज) बमोजिमको कसूर गरेकोले अनुमति खारेज गरेको हो ।

मोहर डिजिटललाई भुक्तानी तथा फर्छ्यौट विनियमावली (प्रथम संशोधन, २०८०) २०७७ को विनियम ३५ को खण्ड (ग) को व्यवस्थाबमोजिम अनुमतिपत्र खारेज गरेको बैंकले जनाएको छ भने संस्थाले जारी गरेका भुक्तानी उपकरणको प्रयोग गर्ने ग्राहकसँगको कुनै दायित्व बाँकी रहे सम्बन्धित संस्थामा सम्पर्क गर्न बैंकले सुझाएको छ ।