Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंक तथा वित्तीय संस्थाबाट दुई करोडसम्म आवसीय घर कर्जा लिन सकिने

२०८० आश्विन २ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आवसीय प्रयोजकका लागि पहिलो पटक घर वा अपार्टमेन्ट खरिद वा घर निर्माणको लागि बैंक तथा वित्तीय संस्थाबाट दुई करोडसम्म आवसीय घर कर्जा लिन सकिने सहज व्यवस्था गरिएको जनाएको छ ।

वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देशमा भनिएको छ, ‘तीन हजार वर्गफिटसम्मको घर निर्माण÷खरिद वा अपार्टमेन्ट खरिद गर्नका लागि बैंक तथा वित्तीय संस्थाले धितो मूल्यांकनको ७० प्रतिशतसम्म यस्तो घर कर्जा प्रवाह गर्न सक्दछन् । ब्याजदर वृद्धि भएमा मासिक किस्ता परिवर्तन नहुने व्यवस्था गर्नुपर्दछ ।’