Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकमा ३० जनालाई खुल्यो रोजगारी, ८ पासले पनि आवदेन दिन सक्ने

२०८० आश्विन १ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले करार मार्फत पदपूर्ती गर्नेगरी ३० जना कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले सुरक्षातर्फ र टक्सार माहाशाखाका लागि लागि प्राविधिक तर्फका कर्मचारी माग गरेको हो ।

राष्ट्र बैंकले मेकानिकल इन्जिनियर, मेकानिकल ओभरसियर, जुनियर आस्सेयर, मूर्तिकला तथा चित्रकला सुपरभाइजर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रिक ओभरसियर, प्रयोगशाला सहायक, पेन्टोग्राफ मेसिन अपरेटर, हेभी इक्विपमेन्ट अपरेटर, महिला सिपाही र पिपा पदमा करारमार्फत् पदपूर्ति गर्न लागेको हो । दरखास्त दिने अन्तिम मिति असोज १५ गते तोकिएको छ ।

४५ वर्ष उमेर ननाघेकाहरुले आवेदन दिन सक्ने छन् । आवेदकको लिखित, प्रयोगात्मक र अन्तरवार्ता परीक्षा हुने राष्ट्र बैंकले जनाएको छ । आवेदकको संख्या १०० वा सोभन्दा कम भएमा प्रयोगात्मक र अन्तरवार्ता दुबै वा अन्तरवार्ता मात्रै हुने राष्ट्र बैंकले जनाएको छ । परीक्षा दस्तुर मेकानिकल इन्जिनियरको हकमा १ हजार र अन्यको ८०० रुपैयाँ लाग्नेछ । करार सम्झौताको अवधि ६ महिनाको हुने छ ।