Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति(पूर्णपाठसहित)

२०८० भाद्र ३१ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनाको तथ्याङ्कमा आधारित प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.५२ प्रतिशत रहेको छ ।

आयात १.६ प्रतिशतले, निर्यात ८.७ प्रतिशतले र कुल वस्तु व्यापार घाटा ०.७ प्रतिशतले घटेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५.८ प्रतिशतले र अमेरिकी डलरमा २१.५ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.३२ अर्ब ९० करोडलेबचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति रु.१,५७३ अर्ब १२ करोड र अमेरिकी डलरमा ११ अर्ब ८५ करोड रहेको छ ।

नेपाल सरकारको खर्च रु.३५ अर्ब ४ करोड र राजस्व परिचालन रु.७८ अर्ब ८७ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय २.४ प्रतिशतले घटेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १०.८ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.३ प्रतिशतले घटेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.१ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.८ प्रतिशत रहेको छ ।