Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

चार वाणिज्य बैंकको लाभांश घोषणा, कुनले कति ?

२०८० भाद्र २९ गते

बैंकिङ खबर/चार वटा वाणिज्य बैंकहरुले लाभांश घोषणा गरेको । सबैभन्दा बढी लाभांश घोषणा गर्नेमा एनआईसी एशिया बैंक रहेको छ । बैंकले सेयरधनीलाई ३०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंकले सेयरधनीलाई २९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

उच्च लाभांश दिने दोस्रो बैंकमा एभरेष्ट छ । बैंकले सेयरधनीलाई २०.६८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा बोनस १० र करसहित १०.५३ प्रतिशत नगद लाभांश रहेको छ ।

यस्तै सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट १४.७० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ९ प्रतिशत र करसहित ५.७० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

यस्तै माछापुच्छ्रे बैंकले सेयरधनीलाई गत आर्थिक वर्ष २०७९÷८० को नाफाबाट १४ प्रतिशत लाभांश दिने भएको छ । जसमा १३.३० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश छ ।

बैंकले असोज १८ गते बिहीबार वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । बैंकले साधारणसभाका लागि असोज ८ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । असोज ७ सम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।