Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

शाइन रेसुंगाले तीन महिनामै कमायो पौने आठ करोड नाफा

२०७३ कार्तिक २४ गते

shineशाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड ७८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६ दशमलव ८४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकले ४ करोड ६२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

१ अर्ब १० करोड २८ लाख रुपैयाँ चुक्ता पुँजी भएको शाइन रेसुंगाको खुद ब्याज आम्दानी ५१ दशमलव ७६ प्रतिशतले बढेर १३ करोड ५० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, यो अवधिमा बैंकको संचालन मुनाफा पनि ४२ दशमलव ७८ प्रतिशतले बढेर १० करोड २८ लाख रुपैयाँ पुगेको छ ।

यो अवधिमा बैंकले निक्षेपमा ४१ दशमलव १५ प्रतिशतले वृद्धि गरी ९ अर्ब ५ करोड ३३ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट बैंकले कर्जातर्फ ८ अर्ब २ करोड ५२ लाख रुपैयाँ लगानी गरेको छ । 

जगेडा कोषमा २६ करोड २९ लाख रुपैयाँ राखेको बैंकले प्रोभिजनमा ८५ लाख रुपैयाँ राखेको छ । यो तीन महिनामा बैंकले ३२ लाख रुपैयाँ खराबकर्जा उठाएको छ । हाल बैंकसँग शुन्य दशमलव २४ प्रतिशत निष्कृय कर्जा र १४ दशमलव ८१ प्रतिशत जोखिम युक्त सम्पत्ति रहेको छ ।

बैंकको प्रति शेयर आम्दानी २४ दशमलव ६२ रुपैयाँ, प्रति शेयर नेटवर्थ १ सय २३ दशमलव ८४ रुपैयाँ, तरलता अनुपात २५ दशमलव ४४ प्रतिशत र मुल्य आम्दानीको अनुपात २६ दशमलव १२ गुणा रहेको छ ।