
बैंकिङ खबर/विश्वका केन्द्रीय बैंकका प्रमुखहरुको ग्रेडिङमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सी ग्रेट पाएका छन् । अमेरिकाको ग्लोबल फाइनान्स पत्रिकाले प्रत्येक वर्ष सार्वजनिक गर्दै आएको ग्रेडिङ अन्तर्गत सन् २०२२ का लागि अधिकारीले सी ग्रेड पाएका हुन् ।
विभिन्न देशका केन्द्रीय बैंकका प्रमुखहरुको कार्यप्रगति, जनतामा उनीहरुको लोकप्रियता, उनीहरुले लिने नीति तथा त्यसको प्रभाव, सरकारसँगको सम्बन्ध, मौद्रिक नीतिको प्रभावकारिता लगायतमा आधारित रहेर सार्वजनिक हुने यस्तो ग्रेडिङअन्तर्गत एशिया प्यासिफिक जोनमा नेपालका गभर्नर सबैभन्दा कमजोर देखिएका छन् ।
एशिया प्रशान्त क्षेत्रका २६ वटा देशका केन्द्रीय बैंकका प्रमुखमध्ये नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीेले सबैभन्दा कमजोर ग्रेड पाएका छन् । उनी सी ग्रेडका गभर्नरमा झरेका हुन् ।
सन् २०२१ मा उनले पाएको ग्रेड बी माइनस थियो । २०२२ मा उनको ग्रेड थप खस्किएर सीमा सीमित बन्न पुगेको हो । पत्रिकाले अधिकारी सी ग्रेडमा पर्नुको संक्षिप्त कारण प्रस्तुत गर्दै भनेको छ–‘पर्यटन सुस्ताएको र विदेशी कामदारको रेमिट्यान्स घट्दै गएपछि नेपाल राष्ट्र बैंकका एक अधिकारीले अप्रिलमा केन्द्रीय बैंकको सञ्चिति यति न्यून रहेको चेतावनी दिएका थिए कि देशले चिकित्सा आपूर्ति, कार र पेट्रोलियम पदार्थ जस्ता वस्तुहरू आयात गर्न नसक्ने जोखिममा छ। सरकारले अधिकारीलाई छोटो समयका लागि निलम्बन गरेको टिप्पणीहरूले गत वर्ष केन्द्रीय बैंकको अर्ध–वित्तीय निर्देशित ऋण नीतिहरूले तरलता संकटको खतरामा पारेको समस्यालाई प्रतिध्वनि गर्दछ, जसले आधारभूत पूँजी अनुपात ८५ प्रतिशतबाट ९० प्रतिशतमा कर्जा बढाएको थियो। फाइनान्सियल एक्सन टास्क फोर्सले कमजोर एन्टि–मनी लान्ड्रिङ उपायहरूको लागि बैंकको लेखा परीक्षण गरिरहेको छ।’
यस्तै एशिया प्यासिफिकका केन्द्रीय बैंकका प्रमुखहरुको सूचीमा भारत, चीन, ताइवान र भियतनामले सबैभन्दा राम्रो ग्रेड अर्थात ए ग्रेड प्राप्त गरेका छन् ।
भारतका केन्द्रीय बैंकका गभर्नर शशिकान्त दास २०२१ मा बी माइनसको ग्रेडमा थिए । उनले आफ्नो ग्रेड सुधार गरी ए ग्रेडको हैसियत बनाएका हुन् ।
चीनको केन्द्रीय बैंकको प्रमुख गत वर्ष पनि ए ग्रेडमै थिए । ताइवानका याङचीङ लोङ र भियतनाममा न्यूगेन थि होङले पनि ए ग्रेड पाएका छन् । महाप्रसाद अधिकारीले पाएको सी ग्रेड विश्वका निकै कम देशका केन्द्रीय बैंकका प्रमुखहरुले मात्र पाएका छन् ।
अफ्रिकी देश निकारागुवा, यूरोपको पोल्याण्ड र रोमानिया, यूनाइटेड किङडमका केन्द्रीय बैंकका प्रमुखहरुले पनि सी ग्रेड पाएका छन् । यो सूचीमा सबैभन्दा कमजोर ग्रेड अर्थात डी पाउने टर्कीको केन्द्रीय बैंकका प्रमुख छन् ।





