Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकद्वारा साइबर सुरक्षा निर्देशिका जारी(पूर्णपाठ)

२०८० भाद्र १२ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा विद्युतीय माध्यमबाट हुने कारोबारको सुरक्षाको लागी साइबर रेलिसेन्स गाइडलाइन्स नामक निर्देशिका जारी गरेको छ । निर्देशिकामार्फत् केन्द्रीय बैंकले बैंक,वित्तीय संस्था तथा विद्युतीय भुक्तानी कारोबारमा संलग्न सेवा प्रदायककको सूचना प्रविधिको सुरक्षा र स्थायीत्वलाई सुनिश्चित गर्ने प्रयास गरेको छ।

६५ पृष्ठ लामो निर्देशिकामा सुशासन, पहिचान, सुरक्षा, निगरानी, प्रतिकृया र पुनरूत्थान, परिस्थितिगत जागरुकता, सिक्ने र विकसित गर्ने शिर्षकमा निर्देशनहरुलाई विभाजन गरिएको छ।

निर्देशिकामा साइबर प्रणालीको स्थायीत्व सुनिश्चित गर्नका लागी बैंकवित्तीय संस्थाले प्रत्येक विभागबाट प्रतिनिधित्व हुने गरी विज्ञसहितको सञ्चालन समिति गठन गर्नुपर्ने प्रावधान छ । इजाजत प्राप्त संस्थाको साइबर लचिलोपन ढाँचाले जोखिम न्यूनीकरण र व्यवस्थापन गर्नका लागी प्रत्येकको भूमिका र जिम्मेवारीलाई स्पष्ट रूपमा परिभाषित गर्नुपर्ने उल्लेख छ।

निर्देशिका अनुसार साइबर जोखिम नियन्त्रण प्रणाली दुरुस्त अवस्थामा छ भन्ने सुनिश्चित गर्नको लागि इजाजत प्राप्त संस्थाको सञ्चालक समिति अन्ततः जिम्मेवार हुनुपर्नेछ। सञ्चालक समितिले संस्थाको साइबर जोखिम सहिष्णुता र साइबर लचिलोपन स्थापनाका लागी रणनीति बनाउनुपर्छ।

साइबर प्रणालीसँग सम्बन्धित भौतिक उपकरणको सुरक्षा देखि लिएर तथ्यांकको सुरक्षित भण्डारण,तथ्यांकको सुरक्षा र अनधिकृत पहुँचमा नियन्त्रण सम्बन्धी प्रावधान समेत निर्देशिकामा समेटिएको छ । साथै तथ्यांकमा र साइबर प्रणालीमा पहुँच राख्ने कर्मचारीमाथि निगरानी गर्ने प्रणाली समेत इजाजत प्राप्त संस्थाले सुनिश्चित गर्नुपर्नेछ।