Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

लघुवित्तलाई मर्जरमा जान राष्ट्र बैंकले ल्यायो थप प्रोत्साहनसहितको प्याकेज(पूर्णपाठ)

२०८० श्रावण ३२ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले आगामी असार मसान्तसम्म एकआपसमा गाभिएर एकीकृत कारोबार गर्ने लघुवित्तलाई थप सहुलियत दिने भएको छ । केन्द्रीय बैंकले बिहीबार एकीकृत निर्देशन जारी गर्दै लघुवित्तलाई मर्जरमा जान प्रोत्सहन दिने गरि थप सहुलियत घोषणा गरेको हो ।

एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्तिका कारण एकल ग्राहक कर्जा सीमा नाघेको ऋणीको कर्जालाई साविक बमोजिम भुक्तानी तालिकाअनुसार तोकिएको सीमा भित्र ल्याउन सकिने व्यवस्था गरेको छ । यस्तै, २०८१ असार मसान्तभित्र एकीकृत कारोवार संचालन गरेमा वार्षिक १५ प्रतिशत भन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशत साधारण जगेडा कोषमा, ३५ प्रतिशत ग्राहक संरक्षण कोषमा तथा १० प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याउनुपर्ने व्यवस्थामध्ये १० प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याउनुपर्ने व्यवस्था एकीकृत कारोबार सुरु गरेको मितिले एक वर्षसम्म छुट हुने केन्द्रीय बैकले जनाएको छ ।

यस्तै, २०८१ असार मसान्तभित्र एकीकृत कारोबार संचालन गरेमा एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म सञ्चालन जोखिमवापत कूल सम्पत्तिको १ प्रतिशत रकम मात्र जोखिम भारित सम्पत्ति थप गरे पुग्ने व्यवस्था गरेको छ । यसअघि यो व्यवस्था २०७९ पुस मसान्तसम्मका लागि मात्रै रहेको थियो ।