Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुले तेस्रो पक्षले लिने शुल्कभन्दा बढी रकम ग्राहकबाट असुल गर्न पाउँदैनन्ः राष्ट्र बैंक

२०८० श्रावण ३० गते

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाहरुले तेस्रो पक्षले लिने शुल्कभन्दा बढी रकम ग्राहकसँग असुल गर्न नपाउने व्यवस्था रहेको छ। नेपाल राष्ट्र बैंकले वित्तीय सचेतनाका लागि जारी सूचनामा यस्तो व्यवस्था रहेको अवगत गराएको हो।

‘यदि बैंकले तेस्रो पक्षले लिने शुल्कभन्दा बढी शुल्क ग्राहकसँग असुल गरेको पाइएमा राष्ट्र बैंकमा गुनासो दर्ता गर्न सकिन्छ’, सूचनामा भनिएको छ।

बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सम्पूर्ण सेवा स्वयं आफैँले निर्माण गरी गराउन सम्भव हुँदैन। त्यसैले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग बैंकहरुले सम्झौता गरी आफ्ना ग्राहकलाई त्यस्ता विशिष्टकृत सेवा उपलब्ध गराउने गर्दछन्।

यसरी अन्य संस्था (तेस्रो पक्ष)बाट प्राप्त हुने सेवा आफ्ना ग्राहकलाई उपलब्ध गराएबापत शुल्क लिनुपर्ने भए त्यस्ता संस्थालाई भुक्तानी गर्नुपर्ने लागतभन्दा बढी नहुने गरी मात्र ग्राहकसँग सेवा शुल्क लिन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ।