Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंक तथा वित्तीय संस्थाबाट विपन्न वर्गलाई दिने कर्जा घट्दो

२०८० श्रावण २९ गते

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाले विपन्न वर्ग क्षेत्रमा गर्ने लगानी घट्दै गएको पाइएको छ । उच्च ब्याजदर, लगानी वातावरण खस्किनुका साथै बैंक आफैं तरलता अभाव (पोहोर) मा परेका कारण समग्र विस्तार नै अपेक्षाअनुसार हुन नसक्दा विपन्न वर्गतर्फको पनि घटेको हो।

नियामकीय प्रावधानअनुसार कुल ऋणको ५ प्रतिशत विपन्न वर्गमा हुनै पर्छ। बैंक तथा वित्तीय संस्थाले सोझै निम्न वर्गीय ऋण खोजेर पैसा दिँदैनन्। उनीहरुले निक्षेप सापटीका रुपमा लघुवित्त संस्थाहरुलाई दिन्छन्। त्यही ऋणलाई विपन्नमा भनेर गणना गर्न पाइने सुविधा छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको जेठ मसान्त सम्मको तथ्यांक अनुसार कुल कर्जामा वृद्धि भए पनि विपन्न वर्ग कर्जामा भने गिरावट देखिएको छ।

२०८० जेठ महिनासम्म ४८ अर्ब ५८ अर्व रकम कुल कर्जामा छ। उक्त अवधिमा विपन्न वर्ग कर्जामा ३ खर्ब ८ अर्ब ८० करोड लगानी छ। जुन कुल कर्जाको ६.३६ प्रतिशत हो।

विपन्न वर्ग कर्जा गत आर्थिक वर्ष २०७९ मसान्तसम्मको तुलनामा ८.८५ प्रतिशतले कम हो। बैंकले २०७९ जेठसम्म विपन्न वर्ग कर्जामा ३ खर्ब ३८ अर्ब ७९ करोड लगानी भएको थियो।