Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकको निक्षेप ५६ खर्बमाथि, कर्जा लगानी कति ?

२०८० श्रावण १० गते

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ५६ खर्ब ३५ अर्ब नाघेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार जुलाई २१ सम्ममा बैंकहरूको निक्षेपले झण्डै साढे ५६ खर्ब नाघेको हो । बैंकको ब्याजदर वृद्धिसँगै लगानी जोखिमले निक्षेपकर्ताहरु बचतमा केन्द्रित हुँदा बैंकहरूको निक्षेप बढ्न पुगेको हो । यस अवधिमा वाणिज्य बैंकहरूको निक्षेप ४९ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ भने अन्य वित्तीय संस्थाहरूको निक्षेप ६ खर्ब ७४ अर्ब रुपैयाँ हाराहारी रहेको छ ।

यता बैंकहरूको कर्जा लगानी भने अनपेक्षित रूपमा खुम्चिन पुगेको छ । केन्द्रीय बैंकका अनुसार साउन ५ गते शुक्रबारसम्ममा ४८ खर्ब ५६ अर्ब रुपैयाँ रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् । ८३.१० प्रतिशत सीडी रेसियो (कर्जा÷निक्षेप अनुपात) कायम गरेका बैंकहरुले यस अवधिमा ५ खर्ब बढी तरलता आफैसँग राखेको देखिन्छ । यसले बैंकमा पैसा थुप्रिने तर लगानी नहुँदा उत्पादन वृद्धि नहुने खतरा देखिएको छ ।