Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

ब्याजदरमा प्रतिस्पर्धाः कुनको कति ?

२०८० असार ३१ गते

बैंकिङ खबर/ बैंकहरूको निक्षेपको ब्याजदरमा प्रतिस्पर्धा देखिएको छ। असारमा सबै वाणिज्य बैंकको ब्याजदर अधिकतम ९.९९ प्रतिशत रहेकोमा साउनको लागि भने. अलग–अलग छ।

यससँगै आइतबार सूचना प्रकाशित गरेका १८ वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ८.९५ देखि १०.९८ प्रतिशतसम्म छ। एनएमबी, प्राइम, नबिल र कुमारी बैंकले ब्याजदर बढाएका छन्। यिनको १०.०१ देखि १०.९८ प्रतिशतसम्म छ।

ग्लोबल आइएमई, लक्ष्मी सनराइज, हिमालयन, नेपाल एसबिआई र सिटिजन्स बैंकले भने ब्याजदर असारकै लागि तोकिएको ब्याजदरलाई निरन्तरता दिएका छन्। यिनको ब्याजदर ९.९९ प्रतिशत छ।

९ वटाले भने व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर पनि ८.९५ देखि ९.५२ सम्म तोकेका छन्। राष्ट्र बैंकले हरेका महिना मुद्दती निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्दा अघिल्लो महिना सबै वाणिज्य बैंकले दिएको ब्याजदरको औसतमा १० प्रतिशत मात्रै परिवर्तन गर्न सक्ने व्यवस्था गरेको छ।

बैंकहरूले मौद्रिक नीतिबाट यो व्यवस्था समेत हट्ने अपेक्षा गरेका छन्। त्यस्तै, बैंकहरूको साधारण बचतमा पाइने ब्याजदर पनि फरक–फरक भएको छ। मुद्दती ब्याजदरको तुलनामा साधारण बचतको ब्याजदर ५ प्रतिशत मात्र कम हुन सक्ने व्यवस्था छ। बैंकहरूले रेमिटेन्स खाता बाहेक साधारण बचतमा ४.८४ प्रतिशतदेखि ८ प्रतिशतसम्म ब्याजदर दिएका छन्।

मुद्दती     साधारण
एनएमबी  १०.९८ ५=९८७.९८
प्राइम १०.९३ ५.९३७.९३
नबिल  १०.४९ ५.९०७.९०
कुमारी १०.०१ ५.४०७.४०
ग्लोबल आइएमई ९.९९  
लक्ष्मी सनराइज ९.९९ ५.४०७.४०
नेपाल एसबिआई ९.९९ ६.४
हिमालयन  ९.९९ ५.४० ७.४०
सिटिजन्स ९.९९ ५.४०७.४०
सानिमा ९.५२ ५.२०७.२०
कृषि विकास ९.५१ ५.४०८.००
एभरेष्ट ९.५ ४.७५६.७५ 
प्रभु ९.५ ४.५०७.५०
सिद्धार्थ ९.५
माछापुच्छ्रे ४.८५७.८५
राष्ट्रिय वाणिज्य  ८.९९ ४.८६६.६६
नेपाल बैंक ८.९९ ४.८६६.६६
स्ट्याण्डर्ड चार्टर्ड  ८.९५ ४.८५६.४५