Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

ह्वात्तै घट्यो अन्तर बैंक ब्याजदर, सीडी रेसियो ८१%को लाइनमा

२०८० असार २८ गते

बैंकिङ खबर/ बैंकिङ प्रणाली अधिक तरलता बढेसँगै अन्तरबैंक ब्याजदर र सीडी रेसियो घटेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकहरुको अन्तरबैंक ब्याजदर १ प्रतिशतभन्दा तल आएको छ। असार २६ गते अन्तरबैंक ब्याजदर ०.९० कायम भएको हो। अघिल्लो दिनसम्म अन्तरबैंक ब्याजदर १.१० प्रतिशत थियो।

यसैगरी असार २६ गते औसत सीडी रेसियो पनि झरेर ८१.६९ प्रतिशत कायम भएको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो ८२.११ प्रतिशत थियो। यो एक दिनमा बैंकिङ प्रणालीमा २३ अर्ब रुपैयाँ थपिएको छ।

गत असार २५ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५७ खर्ब १३ अर्ब रुपैयाँ रहेकोमा असार २६ गतेसम्म बढेर ५७ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ। असार २६ सम्म बैंकहरुको कर्जा लगानी भने ७ अर्ब रुपैयाँले घटेर ४७ खर्ब ५४ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ४८ खर्ब ६१ अर्ब रुपैयाँ रहेको थियो।

असार २६ गते वाणिज्य बैंकहरुको निक्षेप पनि १९ अर्बले बढेर ५० खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन वाणिज्य बैंकहरुको कुल निक्षेप ५० खर्ब ४६ अर्ब रुपैयाँ रहेको थियो।