
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले समयमै कर्जा र ब्याजको भुक्तानी गर्न ऋणीहरुलाई आग्रह गर्दै जनचेतनामूलक सूचना जारी गरेको छ। समयमै कर्जा र ब्याज भुक्तानी नगर्दा आइपर्ने समस्याका बारेमा सूचनामा खुलस्त पारिएको छ।
राष्ट्र बैंकका अनुसार समयमै कर्जा र ब्याज भुक्तानी नगर्दा ऋणीको नाम कालोसूचीमा पर्न सक्छ। धितो पनि लिलामी हुन सक्छ। ‘सामाजिक प्रतिष्ठामा आँच आउँछ’, सूचनामा भनिएको छ, ‘कालोसूचीमा नाम पर्यो भने त व्यवसाय गर्न बैंकहरुले कर्जा पनि दिँदैनन् र खाता पनि खोल्न पाइँदैन।’ ऋण लिएपछि कर्जा र ब्याज तिर्नु ऋणीको दायित्व रहेको राष्ट्र बैंकले प्रस्ट पारेको छ।



