Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

विदाका दिन पनि राति ८ बजेसम्म बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

२०८० असार २२ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले असार महिनाभर विदाका दिन समेत राति ८ बजेसम्म बैंक खोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । राष्ट्र बैंकले महालेखा नियन्त्रकको कार्यालयको अनुरोधमा राजश्व बुझ्ने व्यवस्थाका लागि विदाका दिन पनि बैंक खोल्न भनेको छ ।

‘राजश्व कारोबार गर्ने सम्पूर्ण बैंकहरु, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरको फण्ड सेटलमेन्ट गर्ने अन्य बैंक तथा वित्तीय संस्थाहरु साथै नेपाल क्लियरिङ हाउस खुला राखी राजश्व बुझ्ने व्यवस्था गर्नु’, राष्ट्र बैंकको सूचनामा भनिएको छ । असार २३, २४ र ३० गते विदाका दिन भएकाले त्यस दिन पनि बैंक खोल्न भनिएको हो।

चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरको फण्ड सेटलमेन्ट प्रयोजनका लागि राति अबेरसम्म बैंक खोल्नुपर्ने भएको छ ।
असार ३१ गते भने राति ७ बजेसम्म बैंक खोल्न भनिएको छ ।