Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंक, वित्तीय संस्थामा ५५ खर्ब ९९ अर्ब निक्षेप, कर्जा लगानी कति ?

२०८० असार १७ गते

बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थामा ५५ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप पुगेको छ। पछिल्लो समय निक्षेप बढ्न थालेसँगै बैंक तथा वित्तीय संस्थामा ५५ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप पुगेको हो।

गत वर्ष सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम (तरलता) समस्या झेलिरहेका थिए। वर्षको सुरुदेखि नै बैंक तथा वित्तीय संस्था कर्जा ठप्प गरी रिकोभरीमा लागैसँगै निक्षेप बढ्न थालेको हो।

साथै चालु पुँजी कर्जाले ऋण तिर्न ऋण लिने प्रवृत्ति कम हुनथालेसँगै कर्जाको माग घट्न गई बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप थपिँदै गएको छ। २०८० असार १५ गतेसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाले ४८ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

यता, कर्जाको माग कम भई निक्षेपमा बढ्दै जाँदा कर्जा–निक्षेप अनुपात सीडी रेसियो ८३.६२ प्रतिशतमा आइपुगेको छ। बैंक तथा वित्तीय संस्थाको कर्जा–निक्षेप अनुपातको ९० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ। बैंक तथा वित्तीय संस्थामा ६.३८ प्रतिशत ऋण दिन सक्ने क्षमता देखिन्छ।