
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले कर्जासँग सम्बन्धित सम्पूर्ण लागतबारे स्पष्ट जानकारी हासिल गरेर मात्र कर्जा लिनुपर्ने उल्लेख गरेको छ । वित्तीय चेतनाका लागि सूचना जारी गर्दै राष्ट्र बैंकले भनेको छ,‘कर्जा उपयाग गर्दा कर्जाको लागि ब्याज मात्र नभइ अन्य विभिन्न अवस्थामा विभिन्न शुल्कहरु प्नि भुक्तानी गर्नुपर्ने हुन्छ । यस्तो शुल्कको बारेमा कर्जा प्रदान गर्ने संस्थासँग विस्तृत छलफल गरी प्रष्ट भएपछि मात्र कर्जा कारोबार गर्नुपर्छ ।’
राष्ट्र बैंकले ऋणीलाई ब्याजदर तथा शुल्कका बारेमा सरल भाषामा बुझाउनु कर्जा प्रदान गर्ने संस्थाको दायितव भएको पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ । राष्ट्र बैंकले थपेको छ, ‘विगतमा खुला छोडिएको शुल्कसम्बन्धी व्यवस्थालाई २०७७ साउनदेखि नियमन गरी कर्जा स्वीकृति गर्दा वाणिज्य बैंकले बढीमा ०.७५ प्रतिशत, विकास बैंकले बढीमा १ प्रतशित, फाइनान्स कम्पनीले बढीमा १.२५ प्रतिशत र लघुवित्त वित्तीय संस्थाले बढीमा १.५ प्रतिशत मात्र सेवा शुल्क लिन पाउने व्यवस्थ गरिएको छ र यी संस्थाले तोकिएको शुल्कबाहेक अन्य कुनै शुल्क लिन पाउँदैनन् ।’



