
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु पुँजी कर्जा मार्गदर्शनले ऋणीहरू ठूलो जोखिममा पर्ने खतरा टरेको बताएका छन्।
निजी क्षेत्रका प्रतिनिधि, बैंकरसँग आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथि छलफल गर्न केन्द्रीय बैंकले बोलाएको कार्यक्रममा गभर्नर अधिकारीले कर्जा दुरुपयोग रोक्न ल्याइएको चालु पुँजी कर्जा मार्गदर्शन खारेज वा संशोधन समेत गर्ने बताए।
व्यवसायीहरुले यसअघि देखि नै चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गर्न आग्रह गरिरहेका थिए । उनले भने, ‘मैले बारम्बार भन्ने गरेको चालु पुँजी कर्जा मार्गदर्शन रिफर्मको एजेन्डा हो। हाम्रो बैंकिङ सिस्टमभित्र रहेको ठूलो विकृति हटाउँदै छ। ऋणीहरू ठूलो जोखिममा पर्ने खतरा टरेको छ ।’ यसले ब्याज लिन कर्जा दिने प्रवृत्तिको अन्त्य हुने अधिकारीले बताए।


