Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

शहर केन्द्रित बन्दै सहुलियतपूर्ण र विपन्न वर्ग कर्जा

२०८० असार १४ गते

बैंकिङ खबर/सातै प्रदेशमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित विपन्न वर्ग कर्जा ३ खर्ब १८ अर्ब ७३ करोड रुपैयाँ रहेको छ । सहुलियतपूर्ण कर्जा १ खर्ब ९७ अर्ब ८३ करोड रुपैयाँ र पुनर्कर्जा ७९ अर्ब रुपैयाँ कर्जा बक्यौता रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन अर्ध वार्षिक प्रतिवेदन अनुसार ०७९ पुस मसान्तसम्म कूल विपन्न वर्ग कर्जा कोशी प्रदेशमा १४.२ प्रतिशत, मधेश प्रदेशमा ९.० प्रतिशत, बागमती प्रदेशमा ४७.९ प्रतिशत, गण्डकी प्रदेशमा ११.३ प्रतिशत, लुम्बिनी प्रदेशमा १२.६ प्रतिशत, कर्णाली प्रदेशमा १.५ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ३.६ प्रतिशत कर्जा प्रवाहित भएको छ ।

त्यस्तै, ०७९ पुस मसान्तसम्ममा १ खर्ब ९७ अर्ब ८३ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । कुल सहुलियतपूर्ण कर्जा कोशी प्रदेशमा १६.८ प्रतिशत, मधेश प्रदेशमा ११.१ प्रतिशत, बागमती प्रदेशमा ३५.७ प्रतिशत, गण्डकी प्रदेशमा १३.९ प्रतिशत, लुम्बिनी प्रदेशमा १५.६ प्रतिशत, कर्णाली प्रदेशमा १.६ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ५.३ प्रतिशत बक्यौता रहेको छ ।

त्यसैगरी, ०७९ पुस मसान्तमा बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनर्कर्जा ७९ अर्ब रुपैयाँ कर्जा बक्यौता रहेको छ । कुल पुनरकर्जा बागमती प्रदेशमा सबैभन्दा बढी ५६.७ प्रतिशत रहेको छ भने, कर्णाली प्रदेशमा सबैभन्दा कम ०.७ प्रतिशत उपयोग भएको छ ।

शहर केन्द्रित बन्यो सहुलियतपूर्ण कर्जा

सहुलियतपूर्ण कर्जा र विपन्न वर्ग कर्जा शहर केन्द्रित देखिएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार करिब ५० प्रतिशत कर्जा वागमति प्रदेशमा मात्रै गएको छ।

२०७९ पुस मसान्तसम्ममा १ खर्ब ९७ अर्ब ८३ करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । बक्यौता रहेको कुल सहुलियतपूर्ण कर्जामा कुल कर्जाको ३५.७ प्रतिशत कर्जा गएको छ।

यसैगरी विपन्न वर्ग कर्जा पनि शहरी क्षेत्रमा बढी गएको देखिन्छ। २०७९ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित विपन्न वर्ग कर्जा ३ खर्ब १८ अर्ब ७३ करोड रहेको छ ।

कुल विपन्न वर्ग कर्जामा वागमती प्रदेशको अंश ४७.९ प्रतिशत रहेको छ। कोशी प्रदेशमा प्रवाहित कर्जाको अंश १४.२ प्रतिशत, मधेश प्रदेशको अंश ९.० प्रतिशत, गण्डकी प्रदेशको अंश ११.३ प्रतिशत, लुम्बिनी प्रदेशको अंश १२.६ प्रतिशत, कर्णाली प्रदेशको अंश १.५ प्रतिशत र सुदूरपश्चिम प्रदेशको अंश ३.६ प्रतिशत रहेको छ।

२०७९ पुस मसान्तमा यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जा रु.७९ अर्ब कर्जा बक्यौता रहेको छ । कुल पुनरकर्जा उपयोगमा बागमती प्रदेशको अंश सबैभन्दा बढी ५६.७ प्रतिशत रहेकोछ भने कर्णाली प्रदेशको अंश सबैभन्दा कम ०.७ प्रतिशत रहेको छ।