Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अन्तरबैंक ब्याजदर ५ प्रतिशतभन्दा माथि

२०८० असार १२ गते

बैंकिङ खबर/अन्तरबैंक ब्याजदर फेरि ५ प्रतिशतभन्दा माथि उक्लिएको छ। गत असार ८ गतेमा २.६५ प्रतिशतमा झरेको अन्तरबैंक ब्याजदर फेरि बढेर असार ११ गते ५.११ प्रतिशतमा उक्लिएको छ। जब कि अघिल्लो दिन असार १० गतेसम्म अन्तरबैंक ब्याजदर ३.९५ प्रतिशत थियो।

असार ११ गते एकैदिन बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी भने ७ अर्ब रुपैयाँले बढेको छ। योसँग्ै असार ११ गतेसम्म कुल बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५५ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन असार १० गतेसम्म कुल निक्षेप ५५ खर्ब ७६ अर्ब रुपैयाँ रहेको थियो।

यो एक दिनमा वाणिज्य बैंकहरुको निक्षेप पनि ७ अर्ब रुपैयाँले बढेको छ। गत असार १० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४९ खर्ब २० अर्ब रुपैयाँ रहेकोमा असार ११ गतेसम्म बढेर ४९ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ। कर्जा लगानी पनि यो एक दिनको अवधिमा ६ अर्ब रुपैयाँले बढेको छ। गत असार १० गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४८ खर्ब ५७ अर्ब रुपैयाँ रहेकोमा असार ११ गतेसम्म बढेर ४८ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ।

असार ११ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी पनि ५ अर्ब रुपैयाँले बढेर ४३ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ। गत असार १० गतेसम्म कुल कर्जा लगानी ४३ खर्ब रुपैयाँ रहेको थियो। असार ११ गते बैंकहरुको औसत सीडी रेसियो सामान्य घटेर ८३.९२ प्रतिशत कायम भएको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो ८३.९४ प्रतिशत थियो।