Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

जेठसम्म ६ खर्ब बढीको नोट चलनचल्तीमा, घट्यो नगद प्रवाह

२०८० असार १० गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका अनुसार जेठसम्ममा ६ खर्ब बढीको नोट चलनचल्तीमा रहेको छ। जेठसम्ममा ६ खर्ब ८ अर्ब ५१ करोड रुपैयाँको नोट चलनचल्तीमा रहेको छ।

बैशाखसम्ममा ६ खर्ब २३ अर्ब रुपैयाँका नोट चलन चल्तीमा रहेका थियो। बैशाखको तुलनामा भने जेठमा यस्तो चलनचल्तीमा रहेको नोट करिब १४ अर्बले घटेको हो।

गत आर्थिक वर्षको अन्तिमसम्ममा ६ खर्ब १२ अर्ब रुपैयाँ रहेको थियो। असोजमा यस्तो रकम बढेर ७ खर्ब माथि पुगेको थियो भने पुसमा ६ खर्ब रुपैयाँमा झरेका थियो। सो पश्चात चलन चल्तीमा रहेको पैसा पुनः बढ्न थालेका थियो। चैतसम्ममा ६ खर्ब ११ अर्ब रुपैयाँका नोट चलन चल्तीमा थियो।

चलन चल्तीमा रहेको नगद मौज्दात बढ्नुले आर्थिक कृयाकलाप बढ्न थालेको संकेत गर्छ। जेठमा भने यस्तो नगद प्रवाह केहि घटेको देखिन्छ। केन्द्रीय बैंकका अनुसार अहिले बजारमा १, २, ५, १०, २०, २५, ५०, १००, ५००, १००० रूपैयाँ दरका नोट चलन चल्तीमा छन् । राष्ट्र बैंकले चलन चल्तीमा देखाएको रकम व्यक्ति, संस्था वा बैंक तथा वित्तीय संस्थामा भएको कुल नगद हो ।