Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा माग्यो कर्मचारी [हेर्नुहोस् सूचना]

२०८० असार ८ गते

बैंकिङ खबर/राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्या कर्मचारी मागेको छ । बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो। सहायक (चौथो तह)देखि वरिष्ठ प्रबन्धक (नवौँ तह)सम्म कर्मचारी भर्नाका लागि दरखास्त खुलाइएको छ।

बैंकले कुल ४६५ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। जसमा खुलातर्फ २२१ जना, महिलातर्फ ७६ जना, आदिवासी जनजातितर्फ ५९ जना, मधेसीतर्फ ४७ जना, दलिततर्फ २८ जना, अपांगतर्फ १५ जना र पिछडिएको क्षेत्रतर्फ १९ जना कर्मचारी भर्ना गर्न लागिएको छ।

कुल पदमध्ये सहायक (प्रशासन र नगद)मा मात्रै २५६ जना कर्मचारी भर्ना गर्न लागिएको छ। यो पदका लागि प्लस टु उत्तीर्ण भए पुग्छ। इच्छुक उम्मेदवार असार १० गतेदेखि अनलाइन आवेदन दिन सक्नेछन्। दरखास्त पेस गर्ने अन्तिम मिति असार ३० गतेसम्म तोकिएको छ। दोब्बर दस्तुर तिरी साउन ६ गतेसम्म दरखास्त पेस गर्न सकिनेछ।