Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बढ्दो खराब कर्जाका कारण बैंकिङ क्षेत्रमा चुनौतीः राष्ट्र बैंक(पूर्णपाठ)

२०८० असार ६ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले पछिल्लो समय बढ्दो क्रममा रहेको खराब कर्जा र गैर बैंकिङ सम्पत्ति बैंकिङ क्षेत्रको लागि चुनौतीको रुपमा देखिएको जनाएको छ । केन्द्रीय बैंकले वार्षिक सुपरिवेक्षण रिपोर्ट सार्वजानिक गर्दै यस्तो बताएको हो। बैंकहरुले कोभिडपछि अनुत्पादक क्षेत्रमा अत्याधिक कर्जा लगानी गरेको र त्यसले समस्या निम्त्याएको केन्द्रीय बैंकले जनाएको छ।

कोभिडपछि निर्माण क्षेत्रमा आएको सुस्तता, ओभरफाइनान्सिङ र उद्देश्य भन्दा अन्य प्रयोजनको लागि बैंकिङ्ग कर्जाको प्रयोग र ब्याजदरमा भएको बृद्धिले ऋणीको कर्जा तिर्नसक्ने क्षमतामा कमी आएको केन्द्रीय बैंकको प्रतिवेदनमा उल्लेख छ।

यसले गर्दा पछिल्लो समय खराब कर्जा बढ्दो क्रममा गएको केन्द्रिय बैंकले जनाएको छ। यस्तै पछिल्ले समय जोखिमयुक्त सम्पत्तिमा भएको बृद्धि, खराब कर्जामा भएको बृद्धि र केन्द्रिय बैंकले केहि क्षेत्रको कर्जामा बढाएको जोखिम भारले गर्दा बैंकहरुको पूँजीकोषमा पनि दबाब परेको राष्ट्र बैंकले जनाएको छ। केहि बैंकको प्राथमिक पूँजीकोष निकै दबाबमा रहेको प्रतिवेदनमा उल्लेख छ। यस्तै चालु पूँजी कर्जाको दुरुपयोग, बढ्दो बैंकिङ ठगी, डिजिटल बैंकिङ र प्रविधिको जोखिम पनि चुनौतीको रुपमा रहेको केन्द्रिय बैंकले जनाएको छ।