Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सरकारी ऋणपत्रको ब्याजदर घट्दोः ट्रेजरी बिलको ब्याज वर्षकै सस्तो

२०८० असार ६ गते

बैंकिङ खबर/आन्तरिक ऋणपत्रको ब्याजहरु घट्न थालेको छ। बैंकहरुसँग भएको अधिक तरलता र राष्ट्र बैंकले घटाएको बैंक दरका कारण ट्रेजरी बिलको ब्याज घटेको हो।

अघिल्ल्लो पटक २८ दिनेको ६.६८ प्रतिशत, ९१ दिनेको ८.१३ प्रतिशत, १८२ दिनेको ८.०४ प्रतिशत र ३६४ दिनेको ८.१४ प्रतिशत ब्याज दर निर्धारण भएको थियो।

२८ दिनेको ४.२९ प्रतिशतमा ब्याज आएको छ। यो वर्षकै सस्तो दर हो। ९१ दिने पनि ७.०३ प्रतिशतमा आएको छ। १८२ दिनेको ब्याज ७.०२ प्रतिशत र ३६४ दिनेको ७.११ प्रतिशत कायम भएको छ।