Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

ब्याजदर करिडोर अनुसार बजारबाट पैसा तान्नुपर्ने अवस्था आयोः गभर्नर

२०८० असार ५ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरलता बढेर अन्तर बैंक ब्याज दर एकैदिन एक प्रतिशतसम्मले घटेको बताएका छन् ।

मौद्रिक नीति सम्बन्धी सुझाव दिन आएका लगानीकर्ताको भेटमा गभर्नर महाप्रसाद अधिकारीले भने, ‘यस्तो भएको मैले विरलै देखेको छु, अब त ब्याज दर करिडोर अनुसार बजारबाट पैसा तान्नु पर्ने पो अबस्था आयो। बजारमा अधिक तरलता भयो भने त्यसलाई तान्नुपर्ने नियमै छ ।’

केही दिन अघि ७ प्रतिशतमाथि रहेको अन्तर बैंक ब्याजदर केही दिनको अन्तरालमा ३ प्रतिशतसम्मले तल आएर ४ प्रतिशतको विन्दु हाराहारी आएको छ भने बैंकहरुको सीडी रेसियो ८३ प्रतिशत हाराहारीमा झरेको छ । अन्तर बैंक ब्याज दर ३ प्रतिशतमा झर्यो भने अधिक तरलता भएको मानिन्छ ।

सरकारले निर्माण ब्यवसायीहरुलाई दिनुपर्ने भुक्तानीको क्रम बढ्दै गएको तर बैंक तथा बित्तीय संस्थाहरुमा ठूला कर्जाको माग नभएपछि रकम थुप्रिने क्रम बढेको छ ।