कन्ट्री डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा ४ लाख ७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६ दशमलव ६१ प्रतिशतले बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा कन्ट्रीले २ लाख ७ हजार रुपैयाँ कमाएको थियो ।
३५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी भएको कन्ट्री डेभलपमेन्ट बैंकले जगेडा कोषमा ७ करोड २१ लाख रुपैयाँ छुट्याएको छ भने कर्जा तर्फ ३ दशमलव ५५ प्रतिशतले बढाएर १ अर्ब ४१ करोड ४२ लाख रुपैयाँ परिचालन गरेको छ । बैंकको खुद व्याज आम्दानी १ सय ३० दशमलव ५१ प्रतिशतले बढेर १ करोड ७८ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ६६ दशमलव ३७ प्रतिशतले बढेर ५ लाख ६९ हजार रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ९९ लाख १ हजार रुपैयाँ राखेको छ ।
बैंकको जोखिमयुक्त सम्पति २५ दशमलव ७१ प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा ४ दशमलव ४२ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी शून्य दशमलव ११ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ सय २० दशमलव १९ रुपैयाँ र तरलता अनुपात ३० दशमल ७७ प्रतिशत रहेको छ ।