Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

निरन्तर थपिँदै तरलता, निक्षेप अनुपात ८३ प्रतिशत

२०८० असार ४ गते

बैंकिङ खबर/बैंकिङ प्राणालीमा कर्जा लगानीयोग्य रकम (तरलता) थपिँदै गइरहेको छ। बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह सुस्तता आउँदा प्रणालीमा तरलता बढ्दै गएको हो। प्रणालीमा तरलता थपिन थालेसँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८३ प्रतिशतमा आइपुगेको छ।

बैंक तथा वित्तीय संस्थाको सीडी घट्दा लगानीयोग्य रकम बढ्दै जाने हुन्छ। २०८० असार २ गतेसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाको औसत सीडी रेसियो ८३.९३ प्रतिशतमा आइपुगेको छ। सीडी रेसियोलाई हेर्दा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी क्षमता समेत बढ्दै गएको देखिन्छ।

गत वर्ष बैंकहरुको कर्जा औसत सीडी रेसियो ९० माथि पुगेको थियो। जसकारण बैंकहरु चालु आवको सुरुदेखि नै कर्जा विस्तारमा सुस्त देखिएकाे थियाे। बैंकहरु कर्जा प्रवाहमा सुस्त भएसँगै निरन्तर तरलता थपिँदै गइरहेको छ। २०८० असार २ गतेसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाको ५५ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप पुगेको छ। सोही दिनसम्म वित्तीय संस्थाबाट ४८ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप पुगेको छ।